६ असार २०८२, शुक्रबार | Fri Jun 20 2025


अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा स्थानीयलाई पनि सहभागी गराउनुपर्नेमा जोड


0
Shares

रुपन्देही, जेठ ४ । अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा स्थानीयलाई पनि सहभागी गराउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले मंगलबार भैरहवामा गरेको कार्यक्रममा बोल्ने अधिकांश वक्ताले कार्यक्रम सम्पन्न गर्न स्थानीयबासीका साथै राजनीतिक दल, सामाजिक संघ–सस्थाहरुसँगसमेत समन्वय गर्नुपर्ने बताए ।

कार्यक्रम अवधिभरको शान्ति–सुरक्षा र ट्राफिक व्यवस्थापनबारे पश्चिमाञ्चलका क्षेत्रीय प्रशासक शंकर कोइरालाले जनाकारी दिएका थिए ।