२ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025


शेयर बजारमा मंगलबार दोहोरो अंकको सुधार


0
Shares

काठमाडौं, जेठ ४ । पछिल्ला दुई दिन ऋणात्मक रहेको शेयर बजार मंगलबार पुनः दोहोरो अंकले सुधारिएको छ ।

कारोबार सुरु भएदेखि निरन्तर उकालो लागेर बजार परिसूचक नेप्से १६ अंकले सकारात्मक रहँदै १४ सय ८३ मा पुग्यो । कारोबार भएका सबै समूह सकारात्मक रहे ।

यसदिन पनि बीमा समूहमा १ सय १५ अंकको उच्च सुधार आयो । वाणिज्य बैंक, विकास बैंक र जलविद्युत् समूह दोहोरो अंकले उकालो लागे । अरु समूह सामान्य अंकले सकारात्मक रहेका हुन् । उत्पादनमूलक समूह स्थीर रह्यो ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ३३ कम्पनीको ११ लाख ६३ हजार कित्ता शेयर ७४ करोड ७४ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।