२ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025


राजधानीमा चरा फोटो प्रदर्शनी


0
Shares

काठमाडौं, जेठ ४ । चराको संरक्षणमा जनचेतना जगाउने उद्देश्यले राजधानीमा चरा फोटो प्रदर्शनी गरिएको छ ।

नेपाल पन्छी संरक्षण संघले नेपाल आर्ट काउन्सिलमा मंगलबारदेखि साताव्यापी चरा फोटो प्रदर्शनी आयोजना गरेको हो ।

प्रदर्शनीमा नेपालमै खिचिएका चरासम्बन्धी करिब ७५ ओटा फोटा राखिएका छन् ।

नेपालमा विश्वको करिब ९ प्रतिशत अर्थात् ८ सय ७८ ओटा चरा पाइने जनाइएको छ ।

नेपालका चराहरुको प्रबद्र्धन गर्न दोस्रोपटक चरा फोटो प्रदर्शनी गरिएको संघका विमल थापाले बताए ।

प्रदर्शनीमा चराका क्रियाकलाप समेटिएका फोटो पनि राखिएका छन् ।