२ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025


दुई करोड लागतमा यस्तो बन्यो नमुन कृषि सडक(भिडियो हेर्नुहोस)


0
Shares

-मनिता कोइराला, ईमेज

रसुवा, जेठ ५ । निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषको रकमबाट काम नभएको गुनासो आइरहेकोमा रसुवाको कृषि सडक नमूना सडकका रुपमा देखिएको छ । रसुवाको सानोभार्कु, ब्राबल हुँदै ठूलो स्याफ्रु जोड्ने कृषि सडक नमुना सडकका रुपमा देखिएको हो ।

निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषको १ करोड, जिल्ला विकास समिति रसुवाको ६० लाख र अन्य निकायको २७ लाख गरि करिब २ करोडको लागतमा ९ दशमलब ६ किलोमिटर कृषि सडकको निर्माण कार्य पूरा गरेपछि नमुना सडक बनेको सांसद जनार्दन ढकालको दावी छ ।

१४ बर्ष अगाडिबाट सुरु गरिएको कृषि सडक निर्वाचन क्षेत्र पुर्वाधार विकास कोषको ठूलो लगानिबाट १ बर्ष भित्रमै कार्य सम्पन्न भएको हो ।

पर्यटकिय पदमार्ग समेत रहेको ठुलो स्याफ्रुगाउँ सडक संचालमा आए सँगै लाङटाङ तथा गोसाँईकुण्ड तर्फ जाने आन्तरिक तथा बाह्य पर्यटकका लागि समेत यस सडकले फाईदा पुग्ने उपभोक्ताहरु बताउँछन ।

भूकम्पले क्षतबिच्छेद बनाई आफ्नो आवास, सामाजिक संस्था पुननिर्माणमा जुटेका स्थानिय बासिका लागि कृषि सडकको पहुंच पुगेपछि कम मुल्यमै सामान ढुवानी गर्न सकिने स्थानीय बताउंछन् ।