
पाँचथर, जेठ ५ । स्थानीय सरोकार समितिले पाँचथरको फिदिम–४ स्थित तल्लो हेवाखोला जलविद्युत परियोजनाको काम ठप्प पार्ने चेतावनी दिएको छ ।
माउण्टेन हाइड्रो पावर नेपाल प्रा.लिले सहमति कार्यान्वयन नगरेको भन्दै सरोकार समितिले परियोजनाको काम नै ठप्प पार्ने चेतावनी दिएको हो ।
समितिका सदस्यसचिव नरोत्तम थापाले माग सम्बोधन गर्न कम्पनी तयार नभएपछि बाध्य भएर काम नै अवरुद्ध गर्नुपर्ने स्थिति आएको बताए । कम्पनी र समितिबीच २०७१ फागुन १४ गते १० बुँदे सहमति भएको थियो ।
प्रतिक्रिया दिनुहोस्