Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


प्रदेश–३ मा ‘मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम’


0
Shares

धादिङ, वैशाख २७ । प्रदेश नम्बर–३ ले पहिलोपटक ‘मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम’ धादिङ जिल्लाबाट सुरु गरेको छ ।

प्रदेश–३ का ५ जिल्लामा लागू हुने कार्यक्रमअन्तर्गत् शुक्रबार पहिलो जिल्लाकारुपमा धादिङमा प्रदेश–३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कटेलले कार्यक्रमको सुरुआत गरे ।

निरोगी देखिएका मान्छेहरुको स्वास्थ्य परीक्षण गर्नेगरी सुरुआत गरिएको यो कार्यक्रमको मुख्य उद्देश्य नसर्ने रोग र त्यसको जोखिमहरुबारे समयमै सचेत गराउनु रहेको छ ।

अहिले प्रदेशका पाँच जिल्लाहरु धादिङ, मकवानपुर, भक्तपुर, सिन्धुपाल्चोक र सिन्धुलीका जिल्ला अस्पताल रहेका स्थानीय तहहरुमा परीक्षणकारुपमा यो कार्यक्रम लागू गरिएको भएपनि आगामी आर्थिक वर्षदेखि सबै ठाउँमा विस्तार गरिने बताइएको छ ।