
काठमाडौं, जेठ ५ । अमेरिकाको बाल्टिमोरमा मुख्यालय रहेको एक अमेरिकी वित्तीय कम्पनी क्यापिटल फन्डिङ ग्रुपपले भूकम्पबाट क्षतिग्रस्त नुवाकोटको एक विद्यालय पुनःनिर्माण तथा स्वास्थ्य केन्द्रको सेवा विस्तारका लागि रु ५० लाख सहयोग गरेको छ ।
नुवाकोटको कविलास गाविस—२ मा रहेको सो विद्यालय गतवर्ष २०७१ वैशाख १२ को भूूकम्पका कारण पूर्णरुपमा ध्वस्त भएको थियो ।
प्राप्त सहयोगमध्ये रु ३५ लाख कविलास माध्यामिक विद्यालायको र १५ लाख आधारभुत स्वास्थ्य सेवा क्लिनिकमा खर्च गरिनेछ ।
अमेरिकामा संयुक्त परिवार र स्वास्थ्य सुरक्षाको विषयमा काम गर्दै आएको सो संस्थाका संस्थापक ज्याक ड्वायरले नेपालका भूूकम्पपीडित समुुदायलाई सहयोग गर्न पाएकामा आफू अत्यन्तै खुसी भएको बताए ।
सफलताका लागि शिक्षा पहिलो आधारशीला भएकाले नेपालमा बालबालिका र तिनको परिवारमा शिक्षाको पहुँच पुर्याउन भविष्यमा पनि सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।
क्यापिटल फन्डिङ कम्पनीमै कार्यरत पुष्पा सुवेदीले नेपालमा भूकम्पबाट पुुगेको क्षति र पुनःनिर्माणकाबारेमा आफूले ड्वायरलाई अवगत गराएपछि उक्त सहयोग जुट्न सकेको बताए ।
समाजसेवी बसन्तराज मिश्र र डा. पीयुुस मिश्रले भूकम्पबाट क्षतिग्रस्त सो क्षेत्रको पुुनःनिर्माणमा सहयोग जुुटाउन संयोजनकारी भूमिका खेलेका थिए । रासस
फाइल फोटो
प्रतिक्रिया दिनुहोस्