६ असार २०८२, शुक्रबार | Fri Jun 20 2025


नारायणगढ–मुग्लिन सडक दुईतर्फी नै सुचारु


0
Shares

चितवन, जेठ ५ । पहिरोका कारण मंगलबारदेखि एकातर्फी सन्चालन हुँदै आएको मुग्लिन नारायणगढका सवारी–साधन बुधबार बिहान पहिरो हटाएपछि दुबैतर्फी सन्चालनमा आएको छ ।

सडक सुचारु भएपछि रोकिएका सवारी–साधन गन्तव्यतर्फ जान थालेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

साँझ अवरुद्ध बनेको सडक राति पहिरो पन्छाएर एकातर्फ खुलाइएको थियो । बुधबार बिहानबाट भने दुईतर्फी बाटो खुलेपछि यातायात सहज बन्दै गएको चितवन प्रहरीले जनाएको छ ।

मंगलबार साँझ भारी वर्षासँगै खसेको चन्डीभन्ञ्याङ–९ स्थित नौकिलो भन्ने स्थानमा पहिरो खसेको थियो ।

पहिरोका कारण अवरुद्ध भएको सडक राति १० बजेदेखि एक्साभेटरको सहयोगमा एकतर्फीमात्रै सडक सन्चालन गरिएको थियो ।

सो क्षेत्रमा सडक विस्तारकोक्रममा रहेकाले सामान्य पानी आउनेबित्तिकै पहिरो खस्ने गरेको छ ।

हप्ता दिनको अन्तरालमै यहाँ दुईपटक पहिरोले बाटो अवरोध गरिसकेको छ । रासस

फाइल फोटो