
कन्चनपुर, जेठ ५ । कन्चनपुरमा चारओटा राजनीतिक दलसम्बद्ध विद्यार्थीहरुले सुदूरपश्चिम विश्वविद्यालयका रजिष्ट्रार द्विजराज भट्टको कार्यालयमा तालाबन्दी गरेका छन् ।
रजिष्ट्रार भट्टको राजीनामा माग गर्दै नेवि संघ, अखिल क्रान्तिकारी, चन्द माओवादीनिकटको क्रान्तिकारी र अखिल छैटौंका विद्यार्थीहरुले रजिष्ट्रारको कार्यालयमा तालाबन्दी गरेका हुन् ।
रजिष्ट्रार भट्टले सामाजिक सन्जाल फेसबुकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ‘भारतीय दलाल’ र एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई ‘नक्कली क्रान्तिकारी’को संज्ञा दिएको आरोप विद्यार्थी संगठनहरुले लगाएका छन् ।
प्रतिक्रिया दिनुहोस्