१ श्रावण २०८२, बिहिबार | Thu Jul 17 2025


चिनियाँ र नेपालीले मोरङमा यसरी खोज्दैछन् पेट्रोलखानी, ‘सम्भावित ठाउँ देखियो’ (भिडियोसहित)


0
Shares

ध्रुव भट्टराई (इमेज)
विराटनगर, जेठ ५ । मोरङको बाहुनीमा पेट्रोलखानीको सम्भाव्यता अध्ययन एवं अन्वेषण गर्ने काम सुरु भएको छ ।

चिनियाँ र नेपाली प्राविधिकको संयुक्त टोलीले खानीको प्रारम्भिक अन्वेषण थालेको हो ।

मोरङ सदरमुकाम विराटनगरबाट करिब ३७ किलोमिटर उत्तरपूर्वमा रहेको बाहुनीमा पेट्रोलखानीको अन्वेषण गर्ने काम विभिन्न कारण देखाउँदै २५ वर्षअघि रोकिएको थियो ।

काम रोकिएपछि खानी रहेको अनुमान गरिएको क्षेत्र झाडीमा परिणत भएको छ ।

खानी अन्वेषणको काम अघि बढाउन भूगर्भ विभागले खानी रहेको अनुमान गरिएको तीन बिघा तीन कट्ठा जग्गा स्थानीयबाट अघिग्रहण गरिसकेको छ ।

फेरि पेट्रोलियम पदार्थको अन्वेषणको काम थालिएपछि बाहुनी क्षेत्रका स्थानीयबासिन्दा खुसी भएका छन् ।

उनीहरुले खानी अन्वेषणको कामलाई विशेष प्राथमिता दिनसमेत आग्रह गरेका छन् ।

चीन सरकारसँगकोे सम्झौतापछि बुधबारबाट चिनियाँ र नेपाली प्राविधिकले खानी अन्वेषणको काम थालेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणक्रममा भएको सम्झौताअनुसार चीन सरकारले नेपालमा पेट्रोलियम पदार्थको सम्भाव्यता अध्ययन गर्न सरकारी प्राविधिकहरुको टोली नेपाल पठाएको हो । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।