६ असार २०८२, शुक्रबार | Fri Jun 20 2025


अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन विहीबारदेखि, २८ देशका चार सय बढी सहभागी


0
Shares

काठमाडौं, जेठ ५ । अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन विहीबार (भोलि)देखि काठमाडौंमा सुरु हुँदैछ ।

२५ सय ६०औं बुद्धजयन्तीको अवसर पारेर ‘लुम्बिनी नेपाल : द वर्थ प्लेस अफ लर्ड बुद्ध एन्ड फाउन्टेन अफ् बुद्धिज्म एन्ड वल्र्ड पीस’को नारासहित सरकारले वैशाख ६ र ७ गते सम्मेलन आयोजना गर्न लागेको हो ।

सोल्टी होटलमा बुधबार भएको पत्रकार सम्मेलनमा विहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले बौद्ध सम्मेलन उद्घाटन गर्ने र विभिन्न २८ देशका चार सयभन्दा बढी प्रतिनिधि, बौद्धधर्मका गुरुहरु, वरिष्ठ मन्त्री, उच्च अधिकारीहरु सम्मेलनमा सहभागी हुने जानकारी दिइयो ।

सम्मेलनमा भगवान बुद्ध र बुद्धधर्मबारे २० भन्दा बढी कार्यपत्र प्रस्तुत् हुने जनाइएको छ ।

सरकारले यही जेठ ८ गते लुम्बिनीमा भगवान बुद्धको जन्म भएको हो भन्ने सन्देशसहित बुद्धजयन्ती पनि मनाउने तयारी गरेको छ ।

यसैबीच, अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा सहभागी हुन चिनियाँ बौद्ध भिक्षुहरूको उच्चस्तरीय टोली काठमाडौं आइपुगेको छ ।

टोलीमा नेतृत्व चिनियाँ बुद्धिस्ट एसोसिएसनका उपाध्यक्ष मास्टर यिन सन् पनि रहेका छन् ।

हाइनान् प्रान्तका बुद्धिस्ट एसोसिएसनका अध्यक्षसमेत रहेका यि चिनियाँ कम्युनिस्ट पार्टीको क्वाङ्तोङ् प्रान्तका स्थायी समिति सदस्यसमेत हुन् ।