
काठमाडौं, जेठ ५ । नाइजेरियाको चिबोकबाट दुई वर्षअघि बोको हरामको अपहरणमा परेका स्कुले विद्यार्थीहरुमा पहिलोपटक एकजनाको उद्धार गरिएको छ ।
अमिना अली केक नाम गरिएकी ती बालिका क्यामरुनसँग सीमा जोडिएको साम्बिसा जंगलबाट उद्धार गरिएको त्यहाँका अधिकारकर्मीहरुले जनाएका छन् ।
सन् २०१४ को अप्रिलबाट उत्तर–पश्चिम नाइजेरियाको विद्यालयबाट २ सय ७६ जना बालिका अपहरणमा परेका थिए । तर, केही भने भाग्न सफल भएका थिए ।
अपरहणमा परेका अधिकांश बालिका क्रिश्चियन हुन् । सन् २०१६ को अप्रिलमामात्र बोको हरामले उनीहरुलाई सार्वजनिक गरेको थियो ।
पछिल्लो समयमा नाइजेरियाली सेनाले साम्बिया जंगलमा बोको हरामविरुद्ध कारबाही चलाएको थियो । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्