
जुम्ला, जेठ ५ । कर्णाली राजमार्गमा २०६४ सालदेखि कर्णाली यातायात व्यवसायी संघले लाद्दै आएको एकाधिकार समाप्त भएको छ ।
कर्णाली राजमार्गमा चन्दननाथ यातायात प्रालिले पनि सेवा सुरु गरेपछि वर्षौंदेखिको एकाधिकार समाप्त भएको हो ।
नयाँ यातायात कम्पनीलाई राजमार्गमा गाडी चलाउन नदिने भन्दै कर्णाली यातायात व्यवसायी संघमा आबद्ध व्यक्तिहरुले पटक–पटक राजमार्गसमेत बन्द गर्दै आएका थिए ।
यातायात व्यवस्था विभागले कर्णाली राजमार्गको पक्कीसडकमा प्रतिकिलोमिटर ३ रुपैयाँ ६५ पैसा र कच्चीसडकमा ५ रुपैयाँ भाडा लिन पाउने व्यवस्था गरेको छ ।
प्रतिक्रिया दिनुहोस्