१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


बोकोहरामले अपहरण गरेका २ सय ७६ बालिका मध्ये एकजना मुक्त


0
Shares

काठमाडौं, जेठ ६ । नाइजेरियामा अतिवादी इस्लामिक समूह बोकोहरामले अपहरण गरेका २ सय ७६ स्कूले बालिका मध्ये उनीहरुको कब्जाबाट मुक्त भएकी एकको परिवारसँग मिलन गराइएको छ ।

सन् २०१४ मा ती स्कूले छात्रालाई बोकोहरामले अपहरण गरी वेपत्ता बनाएको थियो । ती मध्ये एक जना अमीना अली न्केक क्यामरुन सीमानजिक सान्बिसा जंगलमा फेला परेको र उनकी आमासँग भेट गराइएको मानवअधिकारकर्मीहरुले जनाएका छन् ।

बोको हरामसँग लड्नका लागि बनाइएको संयुक्त नागरिक टास्क फोर्सको एक सुरक्षाकर्मीले ती छात्राको पहिचान गरेका थिए । कब्जा मुक्त भएकी छात्राका साथमा एक बच्चा पनि रहेको खबर छ । अपहरणमा परेका अन्य बालिकाको अवस्था भने अज्ञात छ ।

उत्तरपूर्वी चिबकबाट अपहरणमा परेका उनीहरुको विश्वभरमा अभियान गरिए पनि बोकोहरामले बालिकाहरुलाई छाडेका थिएनन् । शहर सन् २००२ मा स्थापित बोकोहरामको आतंकका कारण नाइजेरियामा हजारौं मानिस मारिइसकेका छन् । (एजेन्सी)