
काठमाडौं, जेठ ६ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राजनीतिक सहमतिबिना स्थानीय निकायको निर्वाचन हुन नसक्ने बताएका छन् ।
दक्ष जनशक्ति विकास केन्द्रले विहीबार बागबजारमा आयोजना गरेको दुईदिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै नेता सिंहले सरकारलाई राजनीतिक सहमतिको वातावरण बनाउन आग्रह गरे ।
उनले भने–‘सरकार भाषण गर्नुभन्दा राजनीतिक सहमति जुटाउन लाग्नुपर्छ तबमात्र सबै निर्वाचन गर्न सम्भव हुन्छ ।’
पूर्वस्थानीय विकासमन्त्रीसमेत रहेका नेता सिंहले स्थानीय, प्रान्तीय र केन्द्रीय निर्वाचनका लागि आवश्यक कानुन निर्माण गरी चुनावको कार्यतालिका बनाएर अगाडि बढ्नुपर्छ भन्नेमा कांग्रेसको जोड रहेको स्पस्ट पारे ।
उनले मधेसी दलहरु आन्दोलनमा गएकाले झन् जटिलतातर्फ मुलुक गएको भन्दै वार्ताको वातावरण बनाउन सरकारलाई आग्रह गरे । रासस
प्रतिक्रिया दिनुहोस्