२० बैशाख २०८२, शनिबार | Sun May 4 2025


कालोबजारीविरुद्ध नेवि संघ सडकमा


0
Shares

काठमाडौं, जेठ ६ । कालोबजारी नियन्त्रण गर्न माग गर्दै नेपाल विद्यार्थी संघले विहीबार राजधानीमा विरोधर्‍याली निकालेको छ ।

कालोबजारी र चर्को बजार मूल्यले सर्वसाधारणको दैनिकी चौपट भएको भन्दै नेवि संघले विरोध प्रदर्शन गरेको हो ।

भृकुटीमन्डपबाट सुरु भएको विरोधर्‍याली शान्तिबाटिकामा पुगेर टुंगिएको थियो ।

विरोधर्‍यालीमा स्कुले बालबालिकासमेत प्रयोग गरिएको थियो ।