
काठमाडौं, जेठ ६ । शान्तिप्रक्रियामा आएपछि विभिन्न टुक्रामा विभाजित माओवादी घटकहरुबीच विहीबार एकता भएको छ ।
पुष्पकमल दाहाल नेतृत्वको एकीकृत माओवादी, मोहन वैद्यबाट फुटेको रामबहादुर थापा नेतृत्वको क्रान्तिकारी माओवादी, मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी र नेत्रविक्रम चन्दबाट फुटेको नेकपा माओवादीको एक समूहबीच विहीबार एकता घोषणा गरिएको हो ।
एकीकृत पार्टीको नाम ‘नेकपा माओवादी केन्द्र’ राखिएको छ । नयाँ पार्टीको केन्द्रीय समिति ६ सय ९९ सदस्यीय हुनेछ ।
विहीबार ५ सय ९९ सदस्यीय केन्द्रीय समिति घोषणा गरिएको छ भने एक सय सदस्य पछि एकता प्रक्रियामा आउनेहरुका लागि छुट्याइएको बताइएको छ ।
केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा परिणत गर्ने पार्टी एकता संयोजन समितिको तयारी छ ।
फाइल फोटो
प्रतिक्रिया दिनुहोस्