६ असार २०८२, शुक्रबार | Fri Jun 20 2025


लमजुङमा यात्रुबस दुर्घटना, एउटै गाउँका ९ जनाको मृत्यु, ९ घाइते (मृतकको नामावली)


0
Shares

अपडेटः
नवीन कुइँकेल (इमेज)
लमजुङ, जेठ ६ । लमजुङको मध्यनेपाल नगरपालिका वडा नम्बर–५, जिता र तान्द्राङ टक्सारको सीमा साल्मेडाँडामा विहीबार साँझ यात्रुबहाक बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ ।

बसमा सवार अरु ९ जना गम्भीर घाइते भएका छन् ।  घाइतेहरुको तनहुँ र पोखरामा उपचार भइरहेको छ ।

मृत्यु हुनेमा मध्यनेपाल–१, जिताकोटका रमा गुरुङ, रामकृष्ण गुरुङ, चिनमाया गुरुङ, राजिन गुरुङ, शेरबहादुर खवास, गणेश गुरुङ, मीनाकुमारी गुरुङ, सविना गुरुङ र नारायण थापा रहेका छन् ।

प्रहरीकाअनुसार बस कच्चीसडकबाट करिब ४ सय मिटर तल खसेको थियो ।

दमौलीबाट जिताका लागि छुटेको ना६ख ४१३६ नम्बरको बस साँझ ५ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीले सहचालकले गाडी चलाएको अनुमान गरेको छ । एउटै गाउँका ९ जनाको मृत्यु भएपछि जिताकोट शोकमय भएको छ ।