
काठमाडौं, जेठ ६ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले वर्तमान सरकारको समीकरण बलियो भएकाले कसैले भत्काउन नसक्ने बताएका छन् ।
प्रेस चौतारी नेपालको आठौं राष्ट्रिय अधिवेशनको बन्दसत्रलाई विहीबार सम्बोधन गर्दै उनले विभिन्न शक्तिले वर्तमान सरकारको समीकरण भत्काउने प्रयास सफल नभएको बताए ।
‘वर्तमान सरकार असफल गराउन धेरै पासा फालियो’–उनले भने–‘पटक पटक फालिएको पासाकोविरुद्ध हामी उभियौं र त्यसलाई सफल हुन दिएनौं ।’
चौतारीको पुरानो कार्यसमिति भंग गरी नयाँ अध्यक्षमन्डल र निर्वाचन मन्डल गठन गरिएको छ ।
एमाले सचिव गोकर्ण विष्टको अध्यक्षतामा १३ सदस्यीय अध्यक्षमन्डल र तीर्थ कोइलाको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचनमन्डल गठन गरिएको छ ।
बन्दसत्रले महासचिवको सांगठनिक र कोषाध्यक्षको आर्थिक प्रतिवेदन पारित गर्नेछ । रासस
फाइल फोटो
प्रतिक्रिया दिनुहोस्