११ चैत्र २०७९, शनिबार | Sat Mar 25 2023


पोखरा–बाग्लुङ सडकखण्ड अवरुद्ध, सवारी साधन बीचैमा अलपत्र


0
Shares

पोखरा, असार २८ । अविरल बर्षाका कारण पोखरा–बाग्लुङ सडकखण्ड अबरुद्ध भएको छ । लगातारको वर्षापछि गएको पहिरोका कारण गएरातिदेखि सडक अबरुद्ध भएको हो

मोदी गाउँपालिका–५ बाजुङमा पर्ने भ्याप्ले खोला नजिकै माथिबाट लेदो झरेका कारण सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

पहिरोका कारण पोखराबाट पर्वत हुँदै मुस्ताङ, म्याग्दी र बागलुङ जाने तथा पर्वत हुँदै पोखरा तथा अन्य लामो तथा छोटो दूरीमा जाने सयौँ सवारी साधन बीचैमा अलपत्र परेका छन् ।

बाटो खुलाउनका लागि रातिदेखि नै डोजर प्रयोग गरिए पनि हिलो र लेदो खस्ने क्रम नरोकिएका कारण अहिलेसम्म पनि बाटो अवरुद्ध नै छ ।