६ असार २०८२, शुक्रबार | Fri Jun 20 2025


नेपालको आन्तरिक मामलामा लागे विदेशीलाई देश निकाला गरिने


0
Shares

काठमाडौं, जेठ ७ । मुलुकको आन्तरिक राजनीतिक गतिविधिमा विदेशी नागरिकको संलग्नता बढेपछि अध्यागमन विभागले उनीहरुमाथि जघन्य अपराध अनुसार तत्काल देश निकाला गर्ने निर्णय गरेको छ ।

विभिन्न प्रयोजनमा नेपाल आएका विदेशी नागरिक सामाजिक सञ्जालमार्फत राजनीतिक विषयमा टिप्पणी गर्ने, राजनीतिक दलको प्रदर्शनमा संलग्न हुने गतिविधि बढेपछि विभागले उनीहरुमाथि जघन्य अपराधमा मात्र प्रयोग हुने अध्यागमन ऐन र नियमावलीको कडा प्रावधान कार्यान्वयनमा ल्याएको हो ।

अध्यागमन नियमावली २०६५ अनुसार सबैभन्दा कडा दण्ड १० वर्षसम्म फर्कन नपाउने गरी नेपालबाट निकाला र ५० हजार जरिवाना हो । यसअघि यो प्रावधान लागूऔषधलगायत गम्भीर प्रकृतिको अपराधमा संलग्न विदेशी नागरिकमाथि लागू हुने गरेको थियो ।

विभागले जुन प्रयोजनको भिसा लिएर नेपाल आएको हो, त्यो उल्लंघन गरे जघन्य अपराधमा संलग्नता बराबरको दण्ड कार्यान्वयनमा ल्याएको हो । –कान्तिपुर दैनिकबाट