६ असार २०८२, शुक्रबार | Fri Jun 20 2025


कालिकोटमा बाढी पहिरोमा परी तीनजनाको मृत्यु, सातजना बेपत्ता


0
Shares

कालिकोट, जेठ ७ । कालिकोटको कोटवाडामा बाढीसँगै आएको पहिरोले पुरिँदा तीन जनाको मृत्यु भएको छ ।

कोटवाडा–४ स्थित गेजबजारमा खहरे खोलामा आएको बाढीसँगैको पहिरोले पुरिँदा अस्थायी व्यवसाय गर्दै आएका तीन जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा कालिकोट रास्कोट स्यूना–५ का ३४ बर्षीय हिरा तिरुवा, स्यूना–२ का ५५ बर्षीय धनमति टमटा, घौला गोह गाविसका २२ बर्षीय लक्षु भण्डारी रहेको कालिकोट प्रहरीले जनाएको छ ।

पहिरोमा पुरिँदा अन्य ५ जना घाइते भएका छन् । घाइतेमध्ये दुईजना बालकको अवस्था गम्भीर छ ।

त्यसैगरी पहिरोमा अन्य सातजना बेपत्ता भएको आशंका प्रहरीले गरेको छ । उनीहरुको खोजी भइरहेको छ । बाढी र पहिरोले गेजबजारमा रहेका २० वटा टहरासमेत बगाएको छ ।