Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


प्रदेश २ : पर्सा राष्ट्रिय निकुञ्जलाई केन्द्रबिन्दू बनाएर पर्यटन प्रवर्द्धनको पहल


0
Shares

बारा, वैशाख २७ । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले पर्सा राष्ट्रिय निकुञ्जलाई केन्द्रबिन्दू बनाएर पर्यटन प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

बारामा भएको पर्यटन प्रवर्द्धनसम्बन्धी अन्तर्क्रियालाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले पर्यटन प्रवर्द्धनमार्फत प्रदेश सरकारले विकासको काम अगाडि बढाउने बताए । उनले गुरु योजना बनाएर अघि बढ्नसमेत मातहतका निकायलाई निर्देशन दिए ।

प्रदेश २ का भौतिक तथा पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले पर्यटनको क्षेत्रमा प्रदेश २ को सम्भावना निकै राम्रो भएको बताए ।

कार्यक्रममा राजपाका प्रमुख सचेतक परमेश्वर साह, प्रदेशसभा सदस्य सिता गुरुङ, जितपुर–सिमरा उप–महानगरपालिकाका प्रमुख डा. कृष्ण पौडेललगायतले विशेष योजनाका साथ पर्सा राष्ट्रिय निकुञ्जलाई केन्द्रबिन्दू बनाएर अघि बढ्न प्रदेश सरकारलाई सुझाव दिएका थिए ।