६ असार २०८२, शुक्रबार | Fri Jun 20 2025


सडकमा भेटिएको चकलेट खाँदा बेहोस


0
Shares

महोत्तरी, जेठ ७ । महोत्तरीको सीतापुरमा सडकमा फालेको चकलेट खाँदा एकजना व्यक्ति बेहोस भएका छन् ।

आज बिहान सडकमा फालिएको चकलेट खाँदा सीतापुर भङ्गहा–८ का राजनारायण यादव बेहोस भएका हुन् ।

बिहान घरको अगाडि भेटिएको चकलेट सुनैनादेवीले आफ्ना पति राज नारायणलाई खान दिएको र सो खाएपछि बेहोस भएको प्रहरी चौकी सीतापुरले जनाएको छ ।

चकलेट खाएको आधा घन्टापछि बेहोस भएका यादवको उपचार स्थानीय माँ जानकी क्लिनिकमा भइरहेको प्रहरी नायब निरीक्षक मोहम्मद नुरुलले जानकारी दिए ।

सो सम्बन्धमा छानबिन भइरहेको प्रहरी नायब निरीक्षक नुरुलले बताए । (रासस)