
कपिलवस्तु, जेठ ७ । कपिलवस्तुको बहादुरगंजमा खेत जोत्ने क्रममा ट्याक्टर पल्टदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय ३० वर्षीय हिरालाल चौधरी रहेका छन् । दुर्घटनामा परि गम्भिर घाईते भएका चौधरीको उपचारको क्रममा शिवराज अस्पताल बहादुरगंजमा मृत्यु भएको हो ।
शुक्रबार बिहान ११ बजे खेत जोत्दै गरेको लु२त ८४३४ नम्बरको ट्याक्टर अचानक पल्टिएर दुर्घटना भएको ईलाका प्रहरी कार्यालय बहादुरगंजले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्