६ असार २०८२, शुक्रबार | Fri Jun 20 2025


तालाबन्दीविरुद्ध तालाबन्दी


0
Shares

कन्चनपुर, जेठ ७ । सुदूरपश्चिम विश्वविद्यालयमा तालाबन्दी गरिएको छ ।

विश्वविद्यालयकै शिक्षकको प्रायोजनमा दुई दिनदेखि तालाबन्दी गरेर पठन–पाठन अवरुद्ध भएको भन्दै व्यवस्थापन संकायका विद्यार्थीले डीन भारती जोशीको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।

व्यवस्थापन विभागमा तालाबन्दी हुँदा डीन कार्यालयबाट कुनै पहल नभएका कारण बाध्य भएर तालाबन्दी गर्नुपरेको विद्यार्थीहरुले जनाएका छन् ।

विद्यार्थीहरुले तालाबन्दी गर्दै डीन जोशीसमक्ष ६ बुँदे ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्र बुझ्दै डीन जोशीले विद्यार्थीको जायज माग सम्बोधन गर्न पहल गर्ने बताइन् ।

तीन दिनदेखि विश्वविद्यालयको व्यवस्थापन विभागका प्रमुख, लाइब्रेरी, उपकुलपति र रजिष्ट्रारको कार्यालयमासमेत तालाबन्दी गरिएको छ ।