
काठमाडौं, जेठ ७ । भारतको राजस्थानमा तापक्रम ५१ डिग्री सेल्सियस पुगेको छ ।
यो भारतमा अहिलेसम्म मापन भएको सबैभन्दा बढी तापक्रम हो ।
यसअघि, ६० वर्षअघि राजस्थानको तापक्रम ५०.५ डिग्री सेल्सियस मापन गरिएको थियो ।
राजस्थानमा हाल अत्यधिक गर्मीका कारण एक मजदुरको मृत्यु भएको छ । गर्मीकै कारण त्यहाँको जनजीवन अस्तव्यस्त बनेको छ ।
अत्यधिक गर्मीले राजस्थानबासीहरु घरबाट निस्कन सकेका छैनन् । मुख्यगरी बृद्धबृद्धा र केटाकेटी प्रभावित भएका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्