
काठमाडौं, जेठ ७ । उपप्रधानमन्त्री एवं राप्रपा नेपालका अध्यक्ष कमल थापाले सबै वडामा पार्टीको उम्मेदवार बनाउने गरी संगठन निर्माण गर्न आफ्ना पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित कार्यकर्ता भेलामा अध्यक्ष थापाले निर्वाचनका लागि घरदैलोमा पुग्न जरुरी रहेको बताए ।
जनताले ठूला पार्टीको विकल्प खोजेको भन्दै थापाले विकल्पमा राप्रपा नेपाल देखिएको दाबी गरे ।
राप्रपा नेपालले लिएको निति तथा कार्यक्रमलाई जनताले मन पराएको दाबी पनि उनको छ ।
प्रतिक्रिया दिनुहोस्