
केशव भण्डारी (इमेज)
बुटवल, जेठ ७ । २५ सय ६०औं बुद्धजयन्ती तथा लुम्बिनी उत्सवको सम्पूर्ण तयारी पूरा भएको छ ।
मायादेवी मन्दिर, परिक्रमा पोखरी र विभिन्न सडकमा सरसफाइ र रङरोगनकासाथ सिंगारेर लुम्बिनीलाई झकिझकाउ बनाइएको छ ।
बुद्धजयन्तीमा भाग लिन विभिन्न देशका प्रतिनिधिसमेत बुद्ध जन्मस्थल लुम्बिनी आइपुगेको आयोजक समितिले जनाएको छ ।
शनिबार मनाइने बुद्धजयन्ती तथा लुम्बिनी उत्सवमा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी लुम्बिनी आइपुगिसकेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओली भने शनिबारै आउने कार्यक्रम रहेको छ ।
शान्तिद्धीपदेखि मायादेवी मन्दिर, पर्सा चौराहादेखि बुद्धजयन्तीको मुख्य समारोहस्थल संग्रहालयसम्म र केन्द्रीय नहरको दायाँबायाँसमेत ध्वजापताकाले झकिझकाउ पारिएको छ ।
बुद्धजयन्तीका अवसरमा लुम्बिनीको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
शनिबार प्रत्येक घरमा दीपावली गर्न स्थानीयले तयारी गरेका छन् ।
बुद्धजयन्ती विशेषरुपमा मनाउन सबै तयारी पूरा भएको लुम्बिनी विकास कोषका सदस्यसचिव अजितमान तामाङले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्