२० बैशाख २०८२, शनिबार | Sun May 4 2025


बानेश्वरमा गठबन्धनको विरोधसभा


0
Shares

काठमाडौं, जेठ ७ । मधेसी मोर्चासहितको संघीय गठबन्धनले शुक्रबार काठमाडौंको नयाँ बानेश्वरमा विरोधसभा गरेको छ ।

बानेश्वरबाट सुरु भएको विरोधजुलुस बिजुलीबजार, बबरमहल र माइतीघर हुँदै फेरि बानेश्वर पुगी विरोधसभामा परिणत भएको थियो ।

जुलुसमा सहभागी प्रदर्शनकारीहरुले सरकारविरोधी नाराबाजीसमेत गरेका थिए ।

सहभागी नेताहरुले माग पूरा नभएसम्म देशव्यापी आन्दोलन जारी राख्ने बताए ।

राजधानीकेन्द्रित आन्दोलन गर्ने भन्दै सुरु गरिएको आन्दोलन फेरि १० दिन थपिएको हो ।