२० बैशाख २०८२, शनिबार | Sun May 4 2025


कांग्रेसले मधेसी मोर्चासँग सहयोग माग्यो, ‘ओली दिनप्रतिदिन गैरजिम्मेवार’


0
Shares

काठमाडौं, जेठ ७ । नेपाली कांग्रेसले व्यवस्थापिका–संसदको नियमावली मस्यौदा निर्माणमा आफूलाई सहयोग गर्न मधेसी मोर्चा र साना दलहरुलाई आग्रह गरेको छ ।

नियमावली मस्यौदामा सत्तारुढ दलहरुसँग कुरा नमिलेपछि कांग्रेसले शुक्रबार मधेसी र साना दलहरुसँग सहयोग मागेको हो ।

कांग्रेसले संसदीय सुनुवाइ समिति पुरानै संख्यामा हुनुपर्ने अडान राखेको छ भने सत्तारुढ दलहरुले घटाउने प्रस्ताव गरेका छन् ।

मधेसी दलहरुले मस्यौदामा कांग्रेसलाई सहयोग गर्न आफूहरु तयार भएपनि मधेसी दलहरुका मागमा पनि गम्भीर भइदिन कांग्रेसलाई आग्रह गरेका नेता विमलेन्द्र निधिले जानकारी दिए ।

मधेसी दलहरुले प्रधानमन्त्री केपी ओली दिन प्रतिदिन गैरजिम्मेवार बनेको आरोप लगाउँदै त्यसबारे गम्भीर हुन कांग्रेसलाई आग्रह गरेका पनि उनले बताए ।

फाइल फोटो