
काठमाडौं, जेठ ७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पटक–पटक सरकारमा पुग्दा र दुईचोटी सरकारको नेतृत्व गर्दा पनि सहिद तथा बेपत्ता परिवारलाई केही गर्न नसकेको भन्दै दुःख–मनाउ गरेका छन् ।
माओवादी केन्द्रले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा उनले अब नयाँ ढंगले अगाडि बढ्ने बताए ।
कार्यक्रममा माओवादी केन्द्रका नेता रामबहादुर थापाले बेपत्ताहरुको सपनालाई साकार पार्नुपर्ने बताए ।
सो अवसरमा बेपत्ता नागरिकका परिवारजनले बेपत्ता पारिएकाहरुको अवस्था सार्वजनिक गर्न माग गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्