२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


खुलामन्चमा यसरी ‘गर्जिए’ नेत्रविक्रम (भिडियोसहित)


0
Shares

काठमाडौं, जेठ ७ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्दले भ्रष्टाचार, तस्करी र कालोबजारीमा संलग्नहरुकाविरुद्ध विशेष अभियान सन्चालन गर्ने बताएका छन् ।

शुक्रबार राजधानीको खुलामन्चमा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले मन्त्री र सत्तारुढ दलहरुकै संरक्षणमा मुलुकमा भ्रष्टाचार र कालाबजारी भइरहेको यथेस्ट प्रमाण आफूहरुसँग रहेको दाबी गरे ।

देश र जनताकाविरुद्ध लाग्नेलाई नछाड्ने चन्दको भनाइ थियो ।

माथिल्लो कर्णाली, अरुण तेस्रो जस्ता आयोजनाहरु नेपालकै लगानीमा निर्माण गर्नुपर्नेमा उनको जोड थियो ।

सभामा बोल्ने सो पार्टीका अन्य नेताहरुले संसदीय व्यवस्था नै असफल भएको भन्दै नयाँ ढंगले अघि बढ्नुपर्ने बताएका थिए ।

भिडियो हेर्नुहोस्