
काठमाडौं, जेठ ७ । व्यवस्थापिका–संसदको अर्थ समितिमा शुक्रबार नयाँ बजेटबारे छलफल भएको छ ।
बैठकमा सहभागी सांसदहरुले नीति तथा कार्यक्रममा नयाँ–नयाँ कुराहरु आएपनि तिनको कार्यन्वयन नहुने गरेको भन्दै चिन्ता व्यक्त गरेका थिए ।
विपक्षी दलका सांसदहरुले अहिले पनि सरकारले बजेट रकमान्तर गरेर मनपरीरुपमा बाँडिरहेको भन्दै त्यसलाई तत्काल रोक्न माग गरेका थिए ।
जिल्लामा आफ्नो मान्छे गएर सम्झौता गर्न मिल्नेगरी रकमान्तरको पैसा दुरुपयोग गरिएको उनीहरुको आरोप थियो ।
प्रतिक्रिया दिनुहोस्