
काठमाडौं, जेठ ७ । हिमाली उत्पादनहरुको प्रवद्र्धन गर्ने उद्देश्यले काठमाडौंस्थित भृकुटीमन्डपमा पहिलोपटक हिमाली कृषि व्यवसाय प्रवद्र्धन मेला आयोजना गरिएको छ ।
शुक्रबारदेखि सुरु भएको मेलामा सोलुखुम्बु, मुगु, मनाङ, मुस्ताङ, डोल्पालगायतका १० जिल्लाका कृषि उत्पादन राखिएका छन् ।
प्रदर्शनीमा याक चीज, छुर्पी, फेरुवा, केशर, जुम्ली मर्सी चामल, हिमाली चिया, सिलाजित, ओखर, चिराइतो, अलैंचीलगायतका ७६ ओटा उत्पादनहरु राखिएका छन् ।
उच्चपहाडी जिल्लाहरुका जडिबुटीजन्य व्यवसायको विकास गरी स्थानीयको आयस्तर बढाउने उद्देश्यले सन्चालित हिमाली आयोजनाले मेलाको आयोजना गरेको हो ।
मेला जेठ ९ गतेसम्म चल्ने छ ।
प्रतिक्रिया दिनुहोस्