
म्याग्दी, जेठ ८ । म्याग्दी सदरमुकाम बेनीको क्याम्पसचोकमा बाढी नियन्त्रणका लागि खोल्सामा पक्की नाला निर्माण थालिएको छ ।
बस्तीमाथि पाखोबाट आउने बाढीलाई सुरक्षित रुपमा निकास गराउन क्याम्पसको चमेनागृहदेखि माथितिर निर्माण थालिएको हो । यसअघि चमेनागृहदेखि चोक हुदै कालीपुलसम्म पक्की नाला निर्माण भैसकेको छ ।
यस वर्ष बेनी नगरपालिका कार्यालय र जिविसको ४० लाख रुपैयाँ सहयोगमा क्याम्पसचोक माथिको खोल्सामा नाला निर्माण गरिएको स्थानीय टोल सुधार समितिका अध्यक्ष श्याम श्रेष्ठले जानकारी दिए ।
नाला बनाउन जिविसले सांसद विकास कोषबाट १० लाख र नगरपालिकाले ३० लाख रुपैयाँ उपलब्ध गराएको छ ।
प्रतिक्रिया दिनुहोस्