
काठमाडौं, जेठ ८ । किराँत समुदायले आज उभौली पर्व मनाउँदैछन् । बालीनाली लगाउने समयमा मनाइने यो पर्वमा प्रकृति, देवीदेवता र भूमिको पूजा गर्ने चलन छ ।
अन्नपात सप्रियोस् भन्ने कामना गर्दै किराँत राई, लिम्बू, याक्खा र सुनुवारहरुले उभौली पर्व मनाउने गर्छन् । उभौली पर्वको अवसरमा काठमाडौंसहित किराँत समुदायको बसोबास गर्ने क्षेत्रमा विशेष कार्यक्रम हुँदैछन् ।
यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले किराँतको पवित्र पर्व उभौलीका अवसरमा सबै किराँत धर्मावलम्बीमा सुख, शान्ति र समृद्धिको कामना गरेकी छिन् ।
शुभकामना सन्देश दिँदै उनले यस्ता चाडपर्वले नेपालका सबै भौगोलिक क्षेत्रमा बसोबास गर्ने नेपालीबीच आपसी सद्भाव र सहिष्णुता कायम गर्दै सामाजिक शान्ति र मेलमिलापको वातावरण अभिवृद्धि गर्न प्रेरणा प्रदान गर्ने उल्लेख गरेकी छिन् ।
प्रतिक्रिया दिनुहोस्