३१ श्रावण २०८२, शनिबार | Sat Aug 16 2025


निक्षेप जम्मा गर्दा उपहार दिन नपाइने


0
Shares

काठमाडौं, वैशाख २६ । नेपाल राष्ट्र बैंकले निक्षेप जम्मा गर्ने नाममा बैंक तथा वित्तीय संस्थालाई कुनैपनि प्रकारको उपहार दिन नपाइने व्यवस्था गरेको छ ।

केन्द्रीय बैंकले बिहीबार बैंक तथा वित्तीय संस्थालाई एक परिपत्र जारी गर्दै निक्षेप संकलन कार्यलाई आकर्षक बनाउन उपहारसम्बन्धी कार्यक्रम सन्चालन गर्न नपाइने व्यवस्था गरेको छ ।

निक्षेप संकलन गर्दा सुनचाँदीका सिक्कालगायत कुनैपनि किसिमका उपहार प्रदान गर्न पाइने छैन ।

यस्तै, बैंकले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ का विभिन्न दफामा संशोधन गरेको छ ।

भूकम्पपीडितका लागि निजी आवास निर्माण वा प्रबलीकरणका लागि हालसम्म सम्झौता गर्न नसकेको वा सम्झौता गरी पहिलो किस्ता रकम प्राप्त गरी दोस्रो किस्ता रकम प्राप्त नगरेका र आर्थिक अभावका कारण निजी आवास निर्माण गर्न नसकेका भूकम्पपीडित लाभग्राही सम्झनुपर्ने व्यवस्था गरेको छ । रासस