
काठमाडौं, जेठ ८ । काठमाडौंको बालाजुस्थित तारकेश्वर नगरपालिकास्थित पुरानो गुहेश्वरीका भूकम्प प्रभावितलाई १ सय २० वटा नयाँ घर हस्तान्तरण गरिएको छ ।
विश्व शान्ति केन्द्र भारतले वुद्ध जयन्तीको अवसर पारेर आज ती घर हस्तान्तरण गरेको हो । केन्द्रका अध्यक्ष विश्वनाथ कराडले पीडितहरुलाई नयाँ घरको साँचो हस्तान्तरण गरे ।
घर हस्तान्तरण कार्यक्रममा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले मानवीय सेवावाट नै विश्वमा शान्ति र भाइचारा कायम हुने भएकाले सवैले आ–आफ्नो तर्फवाट दिनदुखीको सेवा गर्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्