Logo २४ कार्तिक २०८२, सोमबार | Mon Nov 10 2025


जंगली जनावरबाट हैरान किसानले निकाले यस्तो जुक्ति


0
Shares

रसुवा, जेठ ८ । रसुवाको लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्र वरिपरि लगाइएको बालीनाली वन्यजन्तुले खान थालेपछि कृषकहरुले तार जडित इलेक्ट्रोनिक प्रविधि प्रयोग गर्न सुरु गरेका छन् ।

निकुन्ज क्षेत्रमा रहेको रसुवाको स्याफ्रु गाविसको ब्राबलमा पहिलोपटक इलेक्ट्रोनिक तारजाली जडित नयाँ प्रविधि कृषकले भित्र्याएका हुन् ।

निकुन्ज तथा  मध्यवर्ती क्षेत्र सहयोग आयोजना डब्लुडब्लुएफको १५ लाख र अन्य स्थानीयको सहयोग गरी २३ लाख रुपैयाँको लागतमा यो प्रविधि सुरु गरिएको हो ।

मानव र जंगली जनावरबीच हुँदै आएको द्वन्द्व न्यूनीकरण गर्न प्रविधि उपयोगी हुने विश्वास लिइएको छ  ।

२ हजार ७ सय मिटर लम्बाई रहेको उक्त तारबारले ब्राबलमा रहेको १५७  रोपनी जग्गाको संरक्षण गर्नेेछ ।

जंगली जनावरको प्रभावका कारण ५० प्रतिशतभन्दा बढी जमिन बाँझै राख्न बाध्य किसानलाई यो प्रविधिले हर्षित बनाएको छ ।