
काठमाडौं, जेठ ८ । बंगलादेशमा तीव्र समुद्रीआँधी र वर्षाका कारण जनजीवन प्रभावित भएको छ ।
आँधीका कारण पाँचजनाको मृत्यु भएको छ भने हजारौं मानिस घर छोड्न बाध्य भएका छन् ।
भत्किएका भवनमा धेरै मानिस फसेको आशंका गरिएको छ । केही बन्दरगाहसमेत बन्द गरिएका छन् ।
आँधी र बाढीको बढ्दो आशंकापछि तल्लो तटीय क्षेत्रका २० लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिँदै छ ।
आँधीले बंगालको खाडीस्थित भारतका केही द्वीपमा पनि क्षति पुर्याएको छ ।
विभिन्न ठाउँमा रुख ढलेका छन् भने विद्युत्पोलसमेत ढल्दा विद्युत् आपूर्ति बन्द भएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्