७ असार २०८२, शनिबार | Sat Jun 21 2025


भूकम्पबाट क्षतिग्रस्त २ सय ३४ वटा विद्यालय बनाउन स्वीकृति


0
Shares

काठमाडौं, जेठ ९ । राष्ट्रिय पुनर्निर्माण प्राधीकरणले भूकम्पबाट क्षतिग्रस्त २ सय ३४ वटा विद्यालय पुनर्निर्माणका लागि विभिन्न संस्थालाई स्वीकृति दिएको छ ।

यी विद्यालय निर्माणका लागि १ अर्ब ७२ करोड ६७ लाख ३६ हजार रुपैयाँ लाग्ने अनुमान छ ।

यस्तै २७ वटा स्वास्थ्य चौकी तथा भवन निर्माणका लागि ३९ करोड ३२ लाख ८१ हजार रुपैयाँ सहयोगको प्रस्ताव स्वीकृत गरेको प्राधीकरणका प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिएका छन् ।

अब क्यारिटास स्वीटजरल्याण्डले सिन्धुपाल्चोकमा ३४ वटा विद्यालय पुनर्निर्माण गर्ने भएको छ भने युएमएनले धादिङमा ३३ वटा विद्यालय बनाउनेछ ।

यसैगरी सहयोगी हातहरुको समूहले ओखलढुंगमा १८, एस्थर बेञ्जामिनले मकवानपुरमा २२, ग्रामीण सुधार समाजले सिन्धुपाल्चोकमा १३, हेल्प इभीले १२ र इको हिमालले सोलुखुम्बुमा ११ वटा विद्यालय पुनर्निमाणका लागि अनुमति पाएका छन् ।

अब सम्बधित संस्था, क्षेत्रगत मन्त्रालय र प्राधीकरणबीच त्रिपक्षीय सम्झौता भएर काम अघि बढ्ने छ ।