७ असार २०८२, शनिबार | Sat Jun 21 2025


तिब्बतमा तीन वटा भूकम्पको धक्का, काठमाडौंमा हल्लायो


0
Shares

काठमाडौं, जेठ ९ । चीनको तिब्बतलाई केन्द्र बनाएर आज तीन वटा भूकम्प गएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ७ देखि ८ बजेको बीचमा चार म्याग्निच्यूड माथिका तीन वटा भूकम्प गएका हुन् ।

केन्द्रका अनुसार बिहान ७ बजेर १७ मिनेटमा, ७ बजेर ३४ मिनेटमा र ७ बजेर ५० मिनेटमा भूकम्प गएका छन् । पछिल्ला दुई भूकम्प पाँच म्याग्निच्यूड बराबरका छन् भने पहिलो भूकम्प ४ म्याग्निच्यूड माथिको थियो । लगातार गएको भूकम्प काठमाडौंमा पनि महसूस गरिएको थियो ।