
काठमाडौं, जेठ ९ । कृषि मन्त्री हरिवोल गजुरेलले छिट्टै कृषि वोर्ड गठन हुने बताएका छन् । वातावरण संरक्षण तथा विकास मञ्चले आज राजधानीमा गरेको कार्यक्रममा उनले प्राविधिक कारणले केही ढिलाई भएपनि छिट्टै कृषि बोर्ड गठन हुने बताएका हुन् ।
मन्त्री गजुरेलले अलैची खेतीलाई प्रोत्साहित गरी निर्यात बढाउने नीति लिइएको पनि जानकारी दिए । महत्वपुर्ण हुने भएकाले यसको उत्पादन वढाउने सरकारले गृहकार्य सुरु गरिसकेको जानकारी गराए । हाल नेपालका ३७ जिल्लामा अलैची खेती हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्