
काठमाडौं, जेठ ९ । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले वार्ताद्वारा समस्या समाधान गर्ने हो भने सरकार ठोस रुपले आउनु पर्ने बताएका छन् ।
आज काठमाडौंमा आयोजित कार्यक्रममा उनले आफूहरुले उठाएका मागको सम्बोधन नभए अहिलेको संविधान नै खारेज हुनसक्ने दाबी गरे ।
सरकारले कालाबजारी, तस्कर र भ्रष्टाचारीलाई प्रश्रय दिएको भन्दै उनले मुलुक बचाउनका लागि पनि आन्दोलन गर्नु परेको तर्क गरे ।
प्रतिक्रिया दिनुहोस्