
झापा, वैशाख २६ । भारतको मिजोरमबाट उद्धार गरिएका २३ नेपाली महिलालाई फिर्ता ल्याइएको छ ।
बिहीबार झापाको काँकडभिट्टा हुँदै उनीहरुलाई नेपाल ल्याइएको हो ।
दलालका माध्यमबाट बर्मा हुँदै दक्षिणपूर्वी एसियाली मुलुक लैजान लागिएका ती महिलालाई मिजोरमको चम्फी भन्ने स्थानबाट भारतीय संस्था र मिजोरम पुलिसले ६ दिनअघि स्थानीय नेपाली भाषीको सुराकका आधारमा उद्धार गरेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव कृष्णप्रसाद भुसालले जानकारी दिए ।
भारतीय नागरिक नेपाली भाषी ‘एजेन्ट’ लालबहादुरले उनीहरुलाई सो स्थान पुर्याएको खुलेको छ ।
लालबहादुरलाई पनि भारतीय प्रहरीले पक्राउ गरेको मिजोरम पुलिसका महानिरीक्षक एलएच शान्लियानाले जानकारी दिए ।
केही महिनाअघि पनि बर्मासँग सीमा जोडिएको मणिपुरको मोरेबाट १७८ जना नेपालीलाई उद्धार गरी नेपाल फर्काइएको थियो ।
प्रतिक्रिया दिनुहोस्