
काठमाडौं, जेठ ९ । प्रेस चौतारी नेपालको आठौं अधिवेशनले चुनेको नयाँ नेतृत्वलाई आज राजधानीमा पदभार हस्तान्तरण गरिएको छ ।
नवनिर्वाचित अध्यक्ष गणेश बस्नेतसहितका पदाधिकारीहरुलाई प्रमाणपत्रसहित पदभार हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा एमाले सचिव योगेश भट्टराईले यस पटक चौतारीका सबै पदहरु निर्विरोध रुपमा चयन गरेर सहमतिको राम्रो उदाहरण प्रस्तुत भएको भन्दै त्यसले एमाले पार्टीमा समेत सकारात्मक प्रभाव पारेको बताए ।
यही जेठ ६ गते राजधानीमा सम्पन्न अधिवेशनले बस्नेतको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्