३१ बैशाख २०८२, बुधबार | Thu May 15 2025


इन्डोनेसियामा ज्वालामुखी विस्फोट, ७ जनाको मृत्यु


0
Shares

जकार्ता, जेठ ९ । इन्डोेनेसियाको पश्चिमी क्षेत्रमा रहेको माउण्ट सिनाबुङमा ज्वालामुखी विस्फोट हुँदा सात जनाको मृत्यु भएको छ ।

असुरक्षित घोषणा गरिएको सिनाबुङ आसपासको क्षेत्रमा काम गरिरहेका किसानहरु ज्वालामुखी विस्फोटमा परेका हुन् । विस्फोटबाट निस्किएको खरानी ३ किलोमिटर माथिसम्म फैलिएको छ । जसका कारण उद्धारमा समस्या देखिएको छ ।

सन् २०१४ मा पनि सिनाबुङमा ज्वालामुखी विस्फोट हुँदा धेरै जनाको ज्यान गएको थियो । ४ सय वर्षसम्म निष्क्रिय यो ज्वालामुखी पछिल्लो पटक सन् २०१० मा विस्फोट भएको थियो ।