Logo २४ कार्तिक २०८२, सोमबार | Mon Nov 10 2025


संविधान कार्यान्वयन नै पहिलो प्राथमिकता हुनुपर्छ : खिलराज रेग्मी


0
Shares

काठमाडौं, जेठ ९ । मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले संविधान कार्यान्वयन नै राज्यको सबैभन्दा पहिलो प्राथमिकता हुनुपर्ने बताएका छन् ।

कागजी रुपमा नयाँ संविधान बोकेर हिँडेको तर संविधानमा उल्लेखित संयन्त्रको गठन र सञ्चालनमा विलम्ब भईरहेको उनको भनाइ थियो ।

साल्ट ट्रेडिङ्ग संस्थानको सौजन्यमा नेपाल जनप्रशासक संघले प्रदान गरेको हेमबहादुर मल्ल सम्मान ग्रहण गर्दै रेग्मीले संविधानको कार्यान्वयन हुन नसके पुनः संवैधानिक जटिलता र राजनीतिक अस्थिरता उत्पन्न हुन सक्नेतर्फ सचेत बन्न नेताहरुलाई आग्रह गरे ।

संघले हरेक बर्ष एकजना कुशल प्रशासक वा व्यवस्थापकलाई दुई लाख रुपैयाँ राशीको हेमबहादुर मल्ल सम्मान प्रदान गर्दै आएको छ । साल्ट ट्रेडिङ्ग संस्थानको पूर्व अध्यक्षको नाममा यो पुरस्कार स्थापना गरिएको हो ।