१ श्रावण २०८२, बिहिबार | Thu Jul 17 2025


शेयर बजारमा दोहोरो अंकको सुधार, नेप्से १५०० माथि


0
Shares

काठमाडौं, जेठ ९ । साताको शुरुको दिन आइतबार पनि शेयर बजारमा दोहोरो अंकको सुधार आयो । बजार परिसूचक नेप्से १५ सय नाघेर उचाईको नयाँ रेकर्ड कायम भयो ।

कारोबार पनि अहिलेसम्मकै उच्च रहँदै सवाअर्ब नाघ्यो । नेप्से ९ अंक बढीले उकालो लागेर १५०९ पुग्यो ।

बीमा समूहमा ३३६ अंकको उच्च बृद्धि आएसँगै नेप्सेमा उल्लेख्य बृद्धि भएको हो । विकास बैंक र वाणिज्य बैंक समूह पनि सामान्य अंकले धनात्मक रहे ।

उत्पादनमूलक, होटल, जलविद्युत र वित्त समूह ओरालो लागे । उत्पादनमूलक ३३ अंकले र होटल समूह २९ अंकले झर्‍यो ।

जलविद्युत र वित्त समूह सामान्य अंकले ऋणात्मक रहेका हुन् । यस दिन नेपाल स्टक एक्सचेन्जमा १३५ कम्पनीको २८ लाख २३ हजार कित्ता शेयर १ अर्ब २५ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।